
डा. केसीको जीवन रक्षा गर्न नेपाली काँग्रेस संसदीय दलको आग्रह
काठमाडौं, ४ असोज (सस) । नेपाली काँग्रेस संसदीय दलले डा. गोविन्द केसीले राखेका मागलाई चाँडो सम्वोधन गरी उनको जीवन रक्षा गर्न सरकारलाई अनुरोध गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दलले काँग्रेस सरकारले ल्याएको स्वास्थ्य सम्बन्धि अध्यादेशलाई पनि कार्यान्वयन गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'डा. केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाली काँग्रेस संसदीय दल जोडदार माग गर्दछ ।'
त्यस्तै अनसनका कारण दिन प्रतिदिन डा. केसीको स्वास्थ्य स्थिति नाजुक भइरहेकोले उनका मागलाई सरकारले वेवस्ता गर्नु अत्यान्त दुःखद विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
...