Thursday, October 16Nepal News Portal
Shadow

उपभोक्ता

डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो

उपभोक्ता, ब्यानर, समाचार
काठमाडौं । डिजेल र मट्टितेलको मूल्य बढेको छ । आज राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँ बढेर आएको छ । निगम सञ्चालक समितिले भने डिजेल र मट्टितेलको मूल्य मात्रै बढाएको हो । पेट्रोलको मूल्य भने स्थिर छ । ...
आलु, प्याज र स्याउको मूल्य घट्ने

आलु, प्याज र स्याउको मूल्य घट्ने

उपभोक्ता, प्रमुख समाचार, ब्यानर
काठमाडौँ । आलु, प्याज र स्याउको मूल्य घट्ने भएको छ । सरकारले आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेसँगै यसको मूल्य घट्ने भएको हो । आलु, प्याज र स्याउ भण्डारण गर्दा खेर जाने र स्वदेशी उत्पादनलाई भ्याटमा कारोबार गर्न समस्या हुने भएकाले यसको भ्याटमा हुने कारोबार हटाउनुपर्ने व्यवसायीको माग थियो । यो माग सम्बोधन भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । भ्याट बिलमा कारोबार गर्दा मूल्यको भार उपभोक्तालाई परेको थियो । आलु, प्याज र स्याउको भ्याट हटेसँगै यसले उपभोक्तालाई आर्थिक भार कम हुने श्रेष्ठले बताए । मङ्गलवार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा लाग्ने भ्याट खारेज गरेका हुन् । ती कृषि वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादन...
कोका–कोलाले सार्वजनिक  गर्यो “कोका–कोला महोत्सव”योजना

कोका–कोलाले सार्वजनिक  गर्यो “कोका–कोला महोत्सव”योजना

उपभोक्ता, समाचार
काठमाडौं । कोका–कोलाले “कोका–कोला महोत्सव” नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अर्न्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सकिने छ । यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ । यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरु संग निःशूल्क कोक प्राप्त गर्न सकिने छ । कोका–कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको “कोका–कोला महोत्सव” बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।  ...
आज वैशाख ३१ गते सोमबारको राशिफल

आज वैशाख ३१ गते सोमबारको राशिफल

उपभोक्ता, समाचार, समाज
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनीतिमा सफलता मिल्ला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खर्च बढि हुनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) काममा बाधा आइपर्ला । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) प्रेम र मित्रताको बन्धनमा कसिन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको थालनीका साथै मनोरञ्जनमा सहभागी भइएला । तुला ( रा, रि, ...
रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध

रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध

आर्थिक गतिविधि, उपभोक्ता
रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिलाको तुलनामा झन्डै ६ हजार रुपैंयाले कम गरेर रियलमी सिको मूल्य अब १५ हजार ४९९ रुपैयाँ पर्ने जानकारी दिइएको छ। कम्पनीकाअनुसार २१,९९९ मा उपलब्ध रहेको ६ जिबि ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले रु.१५,४९९ हुने भएको छ । रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसर...
आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

उपभोक्ता, समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७०० रुपैयाँलेृ बढेर प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
यो दसैँमा नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन

यो दसैँमा नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन

उपभोक्ता, ब्यानर, समाचार
काठमाडौं । गत वर्षको दसैँ आउनुभन्दा एक महिना अगाडि नै नयाँ नोट सट्ने मिति तय भएको थियो । तर नेपाल राष्ट्र बैंकले यो वर्ष भने कहिलदेखि नयाँ नोट सटही गर्ने भन्ने निर्णय लिन सकेको छैन् । यो वर्षको दसैँ आउन अब २३ दिन मात्र बाँकी छ । काठमाडौंबाट दसैँ मनाउन गाउँ जानेहरूले आफ्नो बन्दोवस्त मिलाउन थालिसकेका छन् । तर, नयाँ नोट यो वर्ष कहिलेबाट सटही गर्ने भनेर अहिलेसम्म आधिकारिक निर्णय नभएको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लिराम पोखरेल बताउँछन् । राष्ट्र बैंकले यो वर्ष पनि सधैझैं नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नै दिने उनले बताए । “गएका वर्षहरूमा जस्तै यो वर्ष पनि हामीले प्रतिव्यक्ति १८ हजार रुपैयाँका दरले नै नयाँ नोट सटही गर्ने छौं । तर, कहिलेबाट नयाँ नोट सटही सुविधा दिने भनेर हामीले निर्णय गरेका छैनौं,” उनले भने, “नयाँ नोट बैंक तथा वित्तीय संस्थामा कति आवश्यक छ भनेर हाम...
रामनगर समुदायिक हस्पिटलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

रामनगर समुदायिक हस्पिटलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

आर्थिक गतिविधि, उपभोक्ता, समाचार
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल मा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन उक्त हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ। यस व्यवसायिक सम्झौतापछि विकास बैंकका भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।...
बससेवा १०औं वर्षमा, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

बससेवा १०औं वर्षमा, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

आर्थिक गतिविधि, उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ। बससेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा १०औं वर्षमा प्रवेश गरेको हो। यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ। साथै, भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ। हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवामार्फत टिकट काटी यात्रा गर्दै आएका छन्। यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौंको ढुंगेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ। सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ। जसले गर्दा यात्रुहरूलाई सडक किनारामा...
टेलिकमले आजदेखि लागु हुनेगरी ल्यायो नयाँ प्याकेजसहितका समर अफर

टेलिकमले आजदेखि लागु हुनेगरी ल्यायो नयाँ प्याकेजसहितका समर अफर

उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । नेपाल टेलिकमले आज शुक्रबारदेखि लागु हुनेगरी समर अफर ल्याएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको कम्पनीले दावी गरेको छ । समर अफर अन्तर्गत उपलब्ध प्याकहरुमा अल टाइम डाटा प्याक अन्तर्गत ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र ८०० रुपैयाँमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । त्यस्तै, प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यस्तै, सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सब...