Thursday, May 2Nepal News Portal
Shadow

प्रमुख समाचार

अझै तीन दिन लगातार वर्षा हुने, सतर्क रहन महाशाखाको आग्रह

अझै तीन दिन लगातार वर्षा हुने, सतर्क रहन महाशाखाको आग्रह

प्रमुख समाचार, ब्यानर
काठमाडौं, ८ असोज (ससं) । अहिले देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले अति भारी वर्षा भइरहेको छ। हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेका कारण नेपालमा अविरल वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले अझै तीन दिनसम्म अविरल वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली...
विश्वमा कोरोना संक्रमित तीन लाखभन्दा बढी थपिए

विश्वमा कोरोना संक्रमित तीन लाखभन्दा बढी थपिए

प्रमुख समाचार, विश्व
काठमाडौं, ८ असोज (ससं) । कोरोना भाइरस (कोभिड-१९)बाट विश्वमा संक्रमितको संख्या तीन करोड २० लाख ८३ हजार २७५ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख १३ हजार २०४ संक्रमित थपिएका हुन् । हालसम्म दुई करोड ३६ लाख ५९ हजार २१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४३ हजार ३५ छ। त्यसमध्ये ६२ हजार ३४६ जना गम्भीर अवस्थाका छन्। यस्तै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख ८१ हजार २१९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ हजार २६४ जनाको मृत्यु भएको हो।...
ट्रेड यूनियन निर्वाचनको सुनिश्चितता गर्न नेपाली काँग्रेस, संसदीय दलको माग

ट्रेड यूनियन निर्वाचनको सुनिश्चितता गर्न नेपाली काँग्रेस, संसदीय दलको माग

निर्माण, प्रमुख समाचार, राजनीति
काठमाडौं, ७ असोज (ससं) । नेपाली काँग्रेस, संसदीय दलले निजामति कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगन रिएको प्रति आपत्ति जनाएको छ । ट्रेड यूनियनसँग आवद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श र सहमति विना सरकारले एकलौटी ढङ्गबाट एकाएक आधिकारिक ट्रेड यूनियनको घोषित निर्वाचन स्थगन गर्नेसरकारको निर्णयप्रति विरोध जनाएको हो । बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस संसदीय दलले लोकतन्त्रको मूल आधारशिलाबाट कसैलाई बञ्चित गर्न नहुने भनिएको छ । ुलोकतान्त्रिक पद्धतिमा कुनै पनि चुनावको अपरिहार्यतालाई कसैले पनि सदाका लागि रोक्न सक्दैछ । कुनै पनि बहानामा निर्वाचन नहुनु राम्रो पक्ष होईन ।ु विज्ञप्तिमा भनिएको छ, ुआफ्नो प्रतिकूलताका कारणले निर्वाचन रोक्नुको सट्टा निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको दायित्व हो ।ु त्यस्तै निजामति कर्मचारीको आधिकारिक ट्रेड यूनियन र आवद्ध संस्थाका सब...
रगत अभावको समस्यालाई कम गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज सक्रिय

रगत अभावको समस्यालाई कम गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज सक्रिय

ऊर्जा, प्रमुख समाचार
काठमाडौं, ७ असोज (ससं) । पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव बढ्न थालेपछि नेपाल स्वयंसेवी रक्तदाता समाज रगत व्यवस्थापनमा सक्रिय रुपमा लागेको छ । कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढ्दै गएको भएपनि उच्च सतर्कता अपनाएर समाज रगत व्यवस्थापनमा सक्रिय भएर लागेको हो । समाजद्वारा रक्तदान गर्न र गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै बुधबार फुड बैंक काठमाडौंद्वारा आयोजित ४१ औं सामाजिक सेवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम भृकुटीमण्डपमा गरिएको थियो । उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेको स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्मचार्यले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक प्रमुख कार्यकारी निर्देशक सुदर्शन अधिकारी र केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारको पनि उपस्थिति थियो । उक्त र...
काँग्रेस संसदीय दलले भन्यो प्रहरी दमन बढ्यो

काँग्रेस संसदीय दलले भन्यो प्रहरी दमन बढ्यो

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, ६ असोज (सस) । जिल्ला प्रशासन कार्यालय गुल्मीमा शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउने क्रममा प्रहरीद्वारा दमन भएको भन्दै नेपाली कांग्रेस संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार गुल्मीमा आफ्ना कार्यकर्तालाई प्रहरीले गरेको दमनको विषयमा काँग्रेस संसदीय दलको ध्यानाकर्षण भएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले स्थानीय मुद्दाका बारेमा ज्ञपनपत्र बुझाउँन जाँदा प्रहरीको दुरव्यावहार भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । कोरोना संक्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सजग र सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेका पार्टी सभापति लगायतलाई प्रवेशमा नै रोक लगाएको र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिएको बताइएको छ । ‘हाम्रो संविधानले आम नेपालीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । शान्तिपूर्ण रुपले आफ्ना विचार र विमति राख्नु पाउनु मौलिक हक हो ।...
रहेनन् ‘हिम चितुवा

रहेनन् ‘हिम चितुवा

पर्यटन, प्रमुख समाचार
काठमाडौं, ५ असोज (सस) । हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ। उनको आज (सोमबार) बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए । ७२ बर्ष को उमेरमा उनको निधन भएको हो। बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।...

सर्वोच्चले अफताब आलमको मुद्दासम्बन्धी फाइल माग्यो

प्रमुख समाचार, ब्यानर
काठमाडौं, ५ असोज (सस) । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउन आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश मगाउने आदेश जारी गरेको हो । जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आधार र कारणसहित आदेश सर्वोच्च अदालतले माग गरेको हो। आलमले कोभिड(१९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ ३१ गते हिराई माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सोही निवेदन माथिको प्रारम्भिक सुनुवाई पछि सो आदेश जारी भएको हो। आलमलाई २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर...
फोरजी विस्तार अझै सुस्त

फोरजी विस्तार अझै सुस्त

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, ४ असोज (सस) । विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधि फोरजी सेवा नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलो पटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौं उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो । त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६र७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको...
पुनः नियुक्तिको माग गर्दै आन्दोलन नगर्न कुलमान घिसिङको आग्रह, बहिर्गमन स्वभाविक प्रक्रिया

पुनः नियुक्तिको माग गर्दै आन्दोलन नगर्न कुलमान घिसिङको आग्रह, बहिर्गमन स्वभाविक प्रक्रिया

निर्माण, प्रमुख समाचार, ब्यानर, राजनीति, विश्व
काठमाडौं, ३ असोज (सस) । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनः नियुक्तिको माग गर्दै सडक आन्दोलन नगर्न आग्रह गरेका छन्। घिसिङले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय जिम्मेवारीको व्यवस्थापन सरकारको काम भएको बताएका हुन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ का कारण नेपाल पनि आक्रान्त भएको संवेदनशील बेलामा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी सडकमा भिडभाड गरी प्रदर्शन नगर्न घिसिङले आग्रह गरेका हुन्। ‘प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,‘ विज्ञप्तिमा घिसिङले भनेका छन्। नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी घिसिङले सफलतापूर्वक सम्पन्न गरी चार...
विश्वमा कोभिड-१९ संक्रमितमध्ये ४ प्रतिशतको मात्र मृत्यु, ९४ प्रतिशत निको, १ प्रतिशत मात्र जटिल

विश्वमा कोभिड-१९ संक्रमितमध्ये ४ प्रतिशतको मात्र मृत्यु, ९४ प्रतिशत निको, १ प्रतिशत मात्र जटिल

प्रमुख समाचार, ब्यानर
काठमाडौं, ३ असोज (सस) । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट कुल संक्रमिणमध्ये न्यून संख्यामा मात्र मृत्यु भएका छन् । विश्वव्यापी रुपमा फैलिएको महारीका कारण हालसम्म ४ प्रतिशतको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । त्यसमा पनि दीर्घ रोगी र वालबालिका बढी रहेका छन् । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा ६ करोड ६९ लाख १ हजार ८०१ संक्रमितमध्ये ९ लाख ५६ हजार ४२१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमणमुक्त हुनेको संख्या २ करोड २३ लाख ३४ हजार ५०६ पुगेको छ । हाल सक्रिय संक्रमित मध्ये १ प्रतिशतमात्र जटिल अवस्थाका छन् भने ९९ प्रतिशत सामान्य अवस्थाका संक्रमित छन् । सक्रिया संक्रमित ७४ लाख ८७४ मध्ये जटिल संक्रमितको संख्या ६१ हजार ४०५ छ । त्यस्तै सामान्य अवस्थामा ७३ लाख ३९ हजार ४६९ रहेको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा ६९ लाख २५ हजार ९४१ जनामा कोरोना संक...