Sunday, May 19Nepal News Portal
Shadow

प्रमुख समाचार

चिराइतो खेतीमा आकर्षण बढेपनि मूल्यमा गिरावट

चिराइतो खेतीमा आकर्षण बढेपनि मूल्यमा गिरावट

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
बहुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तामा परेका छन् । किसानको व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने वर्षेनी गिरावट आउन थालेपछि उनीहरु समस्यामा परेका हुन् । विगत वर्षमा प्रतिमन रु २० देखि २५ हजारमा चिराइतो बिक्री गर्दै आएका यहाँका कृषक यस वर्ष प्रतिमन रु ६ हजारमा बिक्री गर्न बाध्य भएका छन् । ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका मार्ने, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय कृषका देवबहादुर विष्टले बताएका छन् । चिराइतो बहुउपयोगी जडीबुटी हुनाले भविष्यमा यसको मूल्य राम्रो हुने उनको भनाइ छ । कृषकले उत्पादन गरेको चिराइतो अहिले आफ्नै फर्मबाट प्रतिमन रु ६ हजारले बिक्री हुने गरेको छ । मनको थोरै मूल्य भए पनि अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बत...
द्वन्द्व व्यवस्थापनका लागि संघीयतालाई मानिदिएको हो : पूर्वमन्त्री गोकुल बाँस्कोटा

द्वन्द्व व्यवस्थापनका लागि संघीयतालाई मानिदिएको हो : पूर्वमन्त्री गोकुल बाँस्कोटा

प्रमुख समाचार, राजनीति
काठमाडौं, २२ कार्तिक (ससं) । पूर्वमन्त्री गोकुल बाँस्कोटाले संघीयता देशलाई खाँचो नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले द्वन्द्व व्यवस्थापनका लागि संघीयता मानिदिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । यसमा चाहिँ के प्रतिगमन भएछ हँ ? प्रदेशहरू खारेज भएको त छैन । द्वन्द्व व्यवस्थापनका लागि मान्दिनुपरेको न हो, देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलबार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’ उनी प्रधानमन्त्रीनिकट मानिने नेता हुन् । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्न परिपत्र जारी गरेपछि यसमाथि बहस गर्ने र प्रश्न उठाउनेलाई उनले जवाफ दिएका हुन् । गत ११ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानुन, न्याय ...
नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि, ४५०० संक्रमणमुक्त

नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि, ४५०० संक्रमणमुक्त

प्रमुख समाचार, ब्यानर
काठमाडौं, २१ कार्तिक (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज थप २ हजार ९०९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । यीसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । आज १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ । आजसम्म पसीआर विधिबाट परीक्षण १५ लाख १७ हजार ३४३ भएको छ । पछिल्लो तथ्यांक अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन भने क्वारेन्टाइनमा एक हजार ५४ जना रहेको छन् ।...
सार्वजनिक बस चढेका एक व्यक्तिको साथमा ४० लाख रुपैयाँ नगद

सार्वजनिक बस चढेका एक व्यक्तिको साथमा ४० लाख रुपैयाँ नगद

प्रमुख समाचार, ब्यानर
प्रहरीले सार्वजनिक बस चढेर बुटवलबाट काठमाडौं आएका एक व्यक्तिको साथमा४० लाख रुपैयाँ नगद बरामद गरेको छ। चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गामा गरिएको जाँचमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका(२ बस्ने ४० वर्षीय व्यास गुप्ताको साथबाट उक्त रकम बरामद भएको र पैसाको स्रोत नखुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुप्ताले झोला र कम्मरपेटीमा लुकाएर उक्त रकम काठमाडौँ भित्र्याउँदै थिए।...
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

प्रमुख समाचार, फोटोफिचर, शिक्षा/स्वास्थ्य
काठमाडौं, २० कार्तिक (ससं) । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीले को एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कार्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले छलफलबाट अन्तिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनिएको हो । नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवता अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले विपक्षीलाई नयाँ पाठ्यक्रम लागू गर्नुको कारणबारे १५ दिनभित्र लिखित ज...
कैलालीमा थप एक पुरुषको मृत्यु

कैलालीमा थप एक पुरुषको मृत्यु

प्रमुख समाचार, फोटोफिचर
काठमाडौ,कार्तिक २० (ससं) । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको छ । कडा खालको निमोनिया भएर र्कािर्तक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान करिब साढे ५ बजे मृत्यु भएको हो ।...
केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पाँच दिनपछि भेटवार्ता

केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पाँच दिनपछि भेटवार्ता

प्रमुख समाचार, ब्यानर
काठमाडौं, कार्तिक २० (ससं) । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पाँच दिनपछि भेटवार्ता भएको छ। अध्यक्ष दाहाल प्रधामन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई भेट्न बिहीबार मध्यान्न बालुवाटार पुगेका हुन्। लामो विवादका बीच दाहाल र ओलीबीच १२ बजेदेखि बालुवाटारमा भेटवार्ता सुरु भएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेट गर्ने कार्यक्रम तय भएको बताए। ‘दुई अध्यक्षबीच भेटको कुरा तय भएको भएको हो तर, म केही समय अघी नै बाहिर निस्किए’ थापाले भने। राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवाद, भारतीय जासुसी प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएका बेला उनीहरुबीच पुनः संवाद हुन लागेको हो। ओली पक्षले प्रचण्ड र ओलीबीच पहिले छलफल र समझदारी हुनुपर्ने अनि मात्रै कमिटि ...
त्रिविका विद्यार्थीले आफ्नै ठाउँमा पर्ने परीक्षा केन्द्रबाट परिक्षा दिन पाउँने

त्रिविका विद्यार्थीले आफ्नै ठाउँमा पर्ने परीक्षा केन्द्रबाट परिक्षा दिन पाउँने

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं, १९ कात्तिक (ससं) । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले आफू बसेको ठाउँमा पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन् त्यहीँ नजिक पर्ने त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झण्जट टरेको छ । कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिए हो । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिन पाइने छ । लकडाउनको समयमा हुन नसकेको परीक्षा त्रिविले मङ्सिर दोस्रो हप्ताबाट गर्ने तयारी गरेको छ । प्रवेशपत्र पनि अनलाइन...
सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

प्रमुख समाचार, राजनीति
काठमाडौं, १८ कात्तिक (ससं) । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पोखरा महानगरपालिका–७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । कांग्रेसले १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । त्यस्तै केसीको निधन प्रति कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले समेत सोक व्यक्त गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह स्व. के.सी.ले गरेको उल्लेख गरेका छन् । औद्योगिक विकासका साथै राजनीतिक, सामा...
घट्टेखोला भिमसेनाथ खानेपानी आयोजनाको कुलो खन्ने काम दोहोर्याएर गरियो

घट्टेखोला भिमसेनाथ खानेपानी आयोजनाको कुलो खन्ने काम दोहोर्याएर गरियो

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौ, १८ कात्तिक (ससं) । काभ्रेको भुम्लु गाउँपालिका, सापिङ्ग–१ मा पर्ने घट्टेखोला भिमसेनाथ लिफ्ट खानेपानी आयोजनाको पाईपलाइनको काम दोहोरायर गरिएको छ । निर्माण कम्पनीले प्राविधिक स्टमेटभन्दा कम गहिराईको कुलो खनि पाईप पुरेको पाइएपछि स्थानीयले चर्काे विरोध गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । त्यसपश्चात प्राविधिक मापदण्ड अनुसार काम हुन थालेको स्थानीयले बताएका छन् । स्थानीयको खवदारी पश्चात् खानेपानी डिभिज प्रमुख,काभ्रे जिल्ला समवन्यन समिति, भुम्लु गाउपालिका अनुगमन समिति र सापिङ्ग वडा कार्यलयले संयुक्त रुपमा अनुगमन तथा निरक्षण गरि निर्मान कम्पनीले प्राविधिक मापदण्ड नपुर्याएको निष्कर्ष निकालेको थियो । उक्त अनुगमन टोलीले तत्काल पाईपलाईनको कुलो प्राविधिक मापदण्ड अनुसार पुर्न निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार निर्माण कम्पनीले पुरियको पाईप झिकेर तीन फिट कुलो बनाई पाईप पुर्...